जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आज देखि सुबिधा सम्पन्न सम्राट होटेल एण्ड पार्टि प्यालेश संचालनमा आएको छ । सोमवार एक कार्यक्रमको बीच मधेस प्रदेश बारा निर्वाचन क्षेत्र नम्बर ४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरी र बारा निर्वाचन क्षेत्र नम्बर ४(ख) का प्रदेश सभा सदस्य जीतेन्द्र सोनलले संयुक्त रुपमा उद्घाटन गरे संगै सम्राट होटेल एण्ड पार्टि प्यालेश संचालनमा आएको हो ।
जीतपुरमा विवाह, ब्रतबन्ध लगाएत अन्य पार्टिहरु गर्न राम्रो होटेल नभएका ले सम्राट होटेल एण्ड पार्टि प्यालेश संचालनमा आएको प्यालेशका संचालक राजु प्रसाल कल्वारले जानकारी दिनुभयो ।जीतपुर स्थित ईलाका प्रहरी कार्यालय संग सय मिटर दुरीमा रहेको यो पार्टि प्यालेशको उद्घाटनमा जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न दलका पार्टि प्रतिनिधी, समाजसेविका साथै स्थानिय बासिहरुको उपस्थिती रहेको थियो ।
पार्टि प्यालेशमा राम्रो मञ्च ब्यवस्थापनका साथै कार्यकम गर्दा एक सय ५० भन्दा बढि सहभागी हुनसक्ने संचालक गुप्ताले जानकारी दिनुभयो । सम्राट पार्टि प्यालेशको संचालनसंगै जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेको जीतपुर, रमौली लोसन्डा, छातापिपरा, नितनपुरको साथै पर्साको विरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ का जनता खुसी भएका छन् ।
होटेलको उद्घाटन पछि बोल्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले अब देखि जीतपुर आसपासका बासिन्दालाई बिवाह,ब्रतबन्ध जस्ता कार्यक्रमको आयोजना गर्न बिरगंज र सिमरा न जानु पर्ने बताए । त्यस्तै प्रदेश सभा सदस्य जितेन्द्र सोनलले सम्राट पार्टी एण्ड प्यालेश संचालनले जीतपुरका बासिन्दाहरु बढी लाभान्वित हुने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस