आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्गा प्रसाईँका सुरक्षा गार्ड बन्दुक सहित पक्राउ

एपी खबर २०८० चैत्र ५, सोमबार (१ महिना अघि) १३२ पाठक संख्या

काठमाडौं– बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् ।  सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने खोज्दा उनी पक्राउ परेका हुन् । अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको बुझिएको छ । 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार हातहतियारसहित खड्का अदालत प्रवेश गर्न खोजेपछि प्रहरीको जिम्मा लगाइएको हो । पक्राउ पर्नेमा  झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्का रहेका छन् । खड्का दुर्गा प्रसाईँको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस