आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा सडक दुर्घटना, एक जना गम्भिर घाईते

सुप्रिया ढकाल २०७८ श्रावण २५, सोमबार (२ साल अघि) ७१९ पाठक संख्या

सिमरास्थित सुर्य नेपाल अगाडि सडक दुर्घटना हुदा एक जना महिला गम्भिर घाईते भएकि छिन् । आज सांझ ५ः३० बजेको समयमा सिमराबाट जितपुरतर्फ जादै गरेको ना ५१ प २०६५ नम्बरको मोटरसाईकललाई सोहि दिशामा रहेको ना ७ ख ५३९ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार एक महिला गम्भिर घाईते भएकि हुन् ।

 

मोटरसाईकलमा पछाडि सवार पर्सा जिल्ला भिष्वा बस्ने १८ बर्षिय निता सिंहको टाउकोमा गम्भिर चोट लागेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक डिएसपी मनोजित कुंवरले जानकारी दिनुभयो । घाईते सिंहको सिमरास्थित अल्पाईन अस्पतालमा प्राथमिक उपचारपछि बिरगञ्ज रेफर गरीएको छ ।

 

ठक्कर दिने ट्रक र चालकलाई जितपुरबाट नियन्त्रणमा लिईसकिएको समेत डिएसपी कुंवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस