आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महाराष्ट्रमा एउटा ट्रकले चार वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको ज्यान गयो

एपी खबर २०८० अषाढ १९, मंगलबार (१० महिना अघि) ८३ पाठक संख्या

भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन् ।

 

मध्य प्रदेशबाट धुलेतर्फ गइरहेको ट्रक मुम्बई–आगरा राजमार्गअन्तर्गत धुले जिल्लाको पालस गाउँमा ुब्रेक फेलु भएपछि अनियन्त्रित भएर पल्टिएको थियो । ट्रक दुई वटा मोटरसाइकल, एउटा कार र अर्को ट्रकलाई पछाडिबाट ठक्कर दिएर पसलमा बजारिएको थियो ।

 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको र प्रहरीले दुर्घटनाको जाँच शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस