आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

एपी खबर २०८० अषाढ २१, बिहिबार (१० महिना अघि) ७४ पाठक संख्या

धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार खेतमा रोपाइँ गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए ।

 

स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर बिहीबार शव भेटाएको हो । घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस