आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

एपी खबर २०८० अषाढ २२, शुक्रबार (१० महिना अघि) ७६ पाठक संख्या

पाकिस्तानमा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्युपाकिस्तानको मार्तुङ खास शांगला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु भएको छ ।

 

क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दाँ उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । एक बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एकजनाको खोजी भइरहेको छ । दुर्घटनाका बेला १० बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो ।

 

यसैबीच, गत मे महिनामा सिन्धको संघार जिल्लाको अचरो थार क्षेत्रको एउटा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो ।

 

उक्त दुर्घटनामा एकै परिवारका दाजुभाइको ज्यान गएको थियोभने बाबु घाइते भएका थिए । त्यसअघि मार्चमा तल्लो कोहिस्तानको पट्टन क्षेत्रको घरमा आगलागी हुँदा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० सदस्यको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस