आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ

एपी खबर २०८० अषाढ २५, सोमबार (९ महिना अघि) ९४ पाठक संख्या

काठमाण्डाै – आफ्नै साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

घटना गएको २२ गते शुक्रवार भए पनि हिजो मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । हिजो आफन्तले प्रधान हराएको भन्दै खोजीकका लागि उजुरी दिएका थिए । उहाँका अनुसार ज्यान गुमाएका प्रधानको शव अखुवा खोला बगरमा पुरेको अवस्थामा भेटिएको छ ।

 

प्रधानको हत्या गरी शव पुरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरुलाई गएराति भोजपुरकै विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस