आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते

एपी खबर २०८० अषाढ २५, सोमबार (९ महिना अघि) ८६ पाठक संख्या

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

 

मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे ।

 

उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।

 

बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ ।

 

उनीहरूको अवस्था गम्भीर रहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस