आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोलखाको ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

एपी खबर २०८० कार्तिक ७, मंगलबार (६ महिना अघि) ११५ पाठक संख्या

काठमाण्डाै – दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना हुँदा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमायी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक जना सिंगटीमा उपचारपछि डिस्चार्ज भएका र अरु ५ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो । जीप कच्ची बाटोमा घुम्ती काट्ने क्रममा हिजो बेलुका दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस