आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना संक्रमन समुदायमा बढ्दै, अाजै रौतहटमा ३५ जना थपिए

अमित ठाकुर २०७७ भाद्र २, मंगलबार (३ साल अघि) ६७४ पाठक संख्या

रौतहट : रौतहट जिल्लामा अाज थप ३५ जना संक्रमित फेला परेको हो। काठमाडौं प्रयोगशालाका अनुसार गत ३० गते संकलन गरिएको स्वाब मध्ये ३७ जनाको रिपोर्ट पोजेटिभ अाएको हो।

जिल्लामा दिनदिनै समुदायमा संक्रमन फेला पर्दा रौतहटको कोरोना हटस्पर्ट बन्दै गएको हो। दुई दिन पहिला १५० जनाको स्वाब संकलन गर्दा ८० जनाको रिपोर्ट अाई सकेको र अन्य ७० जनाको रिपोर्ट अाउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जनाएको हो।

८० जनाको स्वाबको रिपोर्ट अाउँदा ३५ जना संक्रमित फेला परेको जनस्वास्थ्य प्रमुख साहले बताएका छन्। समुदाय स्तरमा संक्रमन फैलिदा होम क्वारेन्टाइनकै कारण झन बढ्दै गएको साहले जनाएको हो।

काठमाडौं प्रयोगशालाका अनुसार गौर नगरपालिकामा २७ जना,माधवनारायण नगरपालिकामा ५ जना, कटहरीया नगरपालिका,गरुडा नगरपालिका र नेपाल प्रहरीका १ जना गरि संक्रमन थपिएको प्रमुख साहले जनाएको हो। जस मध्ये १३ जना महिला रहेको जनाएको हो।

अाज थपिएको संक्रमित मध्ये सब भन्दा बढी गौर नगरपालिका वडा नंबर ५ मा रहेको हो। कन्ट्रायक्ट ट्रेसिङले स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ अाएको प्रमुख साहले जनाएको हो।

संक्रमित सबै कन्ट्रायक्ट ट्रेसिङ गर्दा गौर सहित रौतहटको स्थिति पछि भयावह बन्न सक्ने सम्भावना बढी रहेको साहले बताए ।

प्रतिक्रिया दिनुहोस