आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देवाही गोनाही नगरपालिकामा ३०० शय्या क्षमता भएको आईसोलेशन संचालन हुने

अखिलेश कुमार यादव २०७७ भाद्र ३, बुधबार (३ साल अघि) ७३२ पाठक संख्या

रौतहट  जिल्लाको देवाही गोनाही नगरपालिकामा बिहिवार देखि ३०० शय्या भएको आईसोलेसन संचालनमा आउने भएको छ।नयाँ प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव जिल्ला आउने बितिकै रौतहटमा नयाँ कामको सुरु हुन लागेको छ।

देवाही गोनाही नगरपालिकाको वडा म ९ धरहरी स्थित रहेको जय किसान पोलिटेक्निक ईन्स्टिच्युतमा ३०० शय्याको आईसोलेसन सुरु हुने भएको छ देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेल जनाएको छ।

उक्त आईसोलेशनको काम अन्तिम चरनमा रहेको छ।आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा अनुगमन गर्न निस्केको टोलिमा प्रहरी उपरिक्षक लगाएत जनप्रतिनिधि हरुको उपस्थिति समेत रहेको थियो।

उक्त आईसोलेसन बाट कोरोना संक्रमितलाई राख्न सजिलो हुने भएकोले जिल्ला बासी नै खुशी भएको छ।

प्रतिक्रिया दिनुहोस