आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

एपी खबर २०७७ भाद्र ६, शनिबार (३ साल अघि) २४७ पाठक संख्या

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार बिहान करिब ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

गत साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टर भर्ना गरिएको उनको भदौ ३ गते स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो । उनको भदौ ४ गते कोरोना पोजेटिभ आएपछि भदौ ४ गते रातिनै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

कोभिड अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको चिकित्सक डाक्टर दिपक कुशवाहाले जानकारी दिए ।

मृतका पुरुषमा मुटु, दम र उच्च रक्तचापका बिरामी थिए भने उनमा निमोनियाको समेत समस्या देखिएको थियो ।

यसअघि शुक्रबार राति वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का एक संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।

मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराई हस्पिटलमा भर्ना गरिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि डायलासिसको तयारी गर्दा अवस्था झन गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साउन यतामा मात्रै वीरगन्जमा ३१ जनाको मृत्यु भएको हो ।

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकामध्ये पर्साका २७, बाराका ५ र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा बेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस