आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल फर्मा च्युटिकल्स प्रा.ली जीतपुरमा १९ जना कोरोना संमित, प्रहरीद्धारा ६ दिनका लागि उद्योग शिल

प्रिती कुमारी, जीतपुर २०७७ भाद्र ७, आईतबार (३ साल अघि) १३४९ पाठक संख्या

पर्साको विरगंज महानगरपालिका वडा नम्बर ३२ मा रहेको नेपाल फर्माच्युटिकल्स प्रा.ली. लाई जील्ला प्रहरी कार्यालय पर्साले सिल गरेको छ । जील्ला प्रहरी कार्यालय पर्साले ६ दिनका लागि यस उद्योगलाई सिल गरेको जानकारी गराएको छ ।

 

३ दिन पहिले उद्योगमा काम गर्ने १७ जनाको स्जाब टेष्ट गर्न दिएको र १७ जनामा नै कोरोना पोजेटिभ देखिएपछि यस उद्योगलाई सिल गरीएको पर्सा प्रहरीले जनाएको छ । यसअधिपनि यस उद्योगमा काम गर्ने २ जनामा कोरोना संक्रमण देखाको थियो । हाल यस उद्योगमा संक्रमितको संख्या १९ पुगेको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरसंगै टासिएर रहेको यस उद्योगमा कोरोनाको संक्रमणको रिजल्ट सत प्रतिशत आएपछि बजार क्षेत्रमा थप यसको प्रभाव नपरोस भन्ने उद्येश्य सहित यस उद्योगमा इलाका प्रहरी कार्यालय परवानिपुरको टोली राखेर उद्योग सिल गरीएको प्रहरीले जनाएको छ ।

 

यस उद्योगमा काम गर्ने अधिकाशं मजदुर वडा नम्बर ३२ पसरसवा र विरगंजबाट आउने रहेको प्रहरीले जनाएको छ । प्रहरीले आईतवार उद्योगमा काम गर्न आएको सबै मजदुरलाई उद्योग भित्रै राखेको र पोजेटिभ देखिएकालाई विरगंज स्थिट आईसोलेशनमा राखेको पर्साका प्रहरी प्रवक्ताले जानकारी दिनुभएको छ ।  हाल यस उद्योगमा २ सय ३ जना काम गर्ने गरेको र लगभग सबैलाई उद्योग भित्रै आइसोलेट गरिएको प्रहरीले जनाएको छ ।

 

बारा र पर्साका अधिकाशं सबै उद्योगले राज्यको नियम पालना गर्दै कर्मचारि र मजदुरलाई भित्र राखेर नै उद्योग संचालन गर्दै आएपनि यस उद्योगमा विरगंजबाट दैनिक २ बस मजदुर आएर काम गर्ने गरेको र उनिहरुलाई प्रहरीलेपनि कहिलै नरोकेको यो अवस्था आएको कोरोनाबाट संक्रिमत एक मजदुरले जनाएका छन् । आफुहरुले प्रशासनलाई यो कुरा जानकारी गराउदा समेत यसबारे चासो नलिएकोले सबैमा कोरोना संक्रमण निस्केको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस