आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

एपी खबर २०८० बैशाख २२, शुक्रबार (१ साल अघि) ९१ पाठक संख्या

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

यही अवधिमा ५७ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६२ जनामा झरेको छ । अहिले १२ जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४३ हजार छ सय नाै जनाले काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस