आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा देशभर ३२ कोरोना संक्रमित थपिए

एपी खबर २०८० बैशाख २४, आईतबार (१ साल अघि) १०१ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ कोरोना संक्रमित थपिएका छन् । एक हजार ९६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

 

यो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १३३ छ । हाल अस्पतालमा भर्ना भएका २० मध्ये आठ आईसीयू र एकजना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस