आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षक सेवा आयोग द्वारा शिक्षक बढुवाका लागि आवेदन आह्वान

एपी खबर २०८० भाद्र ११, सोमबार (८ महिना अघि) १३२ पाठक संख्या

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन आह्वान गरेको छ । देशभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार विभिन्न तह र श्रेणीमा कार्यरत शिक्षकहरूको आन्तरिक परीक्षा र कार्यसम्पादन मूल्यांकनबाट बढुवा गर्न आयोगले आवेदन आह्वान गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार २५ प्रतिशत आन्तरिक प्रतियोगिता र ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने गरी आवेदन आह्वान गरिएको आयोगले जनाएको छ ।आयोगका अनुसार, आवेदन आयोगको आधिकारिक बेवसाइटमार्फत पेश गर्न सकिनेछ ।

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया दिनुहोस