आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफलाइन बस्दा पनि फेसबुकले अनलाइन देखायो ? यस्तो हुनसक्छ तपाईँको गल्ती

एपी खबर २०७९ चैत्र १९, आईतबार (१ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं । कहिलेकाहीँ सामाजिक सञ्जालबाट पर बस्न मन लाग्छ । अथवा कार्य व्यस्तताका कारण सामाजिक सञ्जाल प्रयोग गर्ने फुर्सद नै हुँदैन । तर, इन्टरनेट प्रयोग नगर्दा पनि अथवा आफू अफलाइन हुँदा पनि र एक्टिभ स्टाटस बन्द गर्दा पनि कहिलेकाहीँ फेसबुकमा केही प्रयोगकर्ताहरू अनलाइन देखिन्छ । अनलाइन देखेर मेसेज गर्दा रिप्लाइ भने आउँदैन ।

 

यो समस्या त तपाईँ आफैले पनि भोग्नु भएको होला । अनलाइन भएर पनि किन रिप्लाइ नगरेको भन्ने कुरा त तपाईँले पनि धेरै पटक सुन्नुपरेको होला ।अनलाइनमा नहुँदा पनि फेसबुक मेसेन्जरले किन अनलाइनमा देखाउँछ ?तपाईँले मेसेन्जर प्रयोग नगरे पनि तपाईँलाई फेसबुकमा अनलाइन देखाउने थुप्रै कारणहरू हुन्छन् । वास्तवमा फेसबुक एप र मेसेन्जर एप दुवैमा हाम्रो एउटै अकाउन्ट प्रयोग हुने भए पनि काम भने फरक तरिकाले हुने गर्छ ।

 

तपाईँले मेसेन्जरको एक्टिभ स्टाटस अफ गर्नु भएको छ र अफलाइन भएर मेसेन्जर प्रयोग गरिरहनु भएको छ भने फेसबुकमा तपाईँलाई अनलाइन देखाउँछ । यसको एउटै कारण हो तपाईँले फेसबुक एपमा भएको एक्टिभ स्टाटस अन गर्नु भएको छ ।फेसबुक र मेसेन्जर दुवैमा एक्टिभ स्टाटसको अप्सन हुन्छ । यदि अफलाइनमा रहेर फेसबुक वा मेसेन्जर प्रयोग गर्न चाहनुहुन्छ भने दुबै एपबाट एक्टिभ स्टाटस अफ गर्नुपर्छ ।त्यस्तै केही अवस्थामा तपाईँले फोनको वाई-फाई वा डेटा बन्द गरेको अवस्थामा पनि तपाईँलाई अनलाइन देखाइरहेको हुन्छ । कारण तपाईँको अकाउन्ट अन्य कुनै डिभाइसमा लगइन भएको हुनसक्छ ।

 

फरक डिभाइसमा तपाईँको अकाउन्ट एक्टिभ भएको हुनसक्छ । त्यस्ता डिभाइसबाट पनि अकाउन्ट लग आउट गरेर डिभाइसमा इन्टरनेट बन्द गरेर राख्न सक्नुहुन्छ ।केही अवस्थामा डिभाइसमा एप राम्रोसँग बन्द नगर्दा पनि तपाईँलाई अनलाइन देखाउँछ । त्यसैले मेसेन्जर वा फेसबुक एप प्रयोग गरिसकेपछि एप बन्द गर्नुपर्ने हुन्छ ।तपाईँले फेसबुक अकाउन्ट प्रयोग गरेर थर्ड पार्टी एपमा लगइन गर्नु भएको हुनसक्छ । विशेषगरी कुनै एप वा वेबसाइटमा अकाउन्ट बनाउँदा फेसबुक अकाउन्टको प्रयोग गर्न सकिन्छ ।

 

यसरी थर्ड पार्टीमा अकाउन्ट प्रयोग गर्नु भएको छ भने त्यस्ता टुलले पनि तपाईँलाई अनलाइन देखाइराखेका हुन्छन् । त्यसैले कुनै थर्ड पार्टी एपमा फेसबुक अकाउन्ट लगइन गर्नु भएको छ भने त्यसलाई लगआउट गर्नुहोस् ।फेसबुकले नै तपाईँलाई केही बेर अनलाइनमा राखिदिन सक्छसामान्यतः तपाईँले फेसबुक वा मेसेन्जर एप बन्द गरिसकेपछि पनि तपाईँलाई केही बेर अनलाइनमा देखाइरहेको हुन्छ ।किनभने फेसबुकको सिस्टमले तपाईँले इन्टरनेट बन्द गरेको सटीक ढङ्गले पहिचान गर्न सक्दैन । कतिपय अवस्थामा घन्टौंसम्म पनि तपाईँलाई अनलाइनमा देखाइरहेको हुन्छ ।

 

फेसबुक वा मेसेन्जर प्रयोग गर्दा पनि अनलाइनमा नदेखियोस् भन्ने चाहनुहुन्छ भने दुबै एपबाट एक्टिभ स्टाटस अफ गर्नुहोस् । त्यस्तै आफूले प्रयोग गर्ने फोन बाहेकका डिभाइस जस्तै कम्प्युटर वा ट्याबलेटबाट काम सकिसकेपछि लगआउट गर्नुहोस् ।सकेसम्म थर्ड पार्टी टुलमा फेसबुक अकाउन्ट प्रयोग नगर्नुहोस् । यदि गर्नै परे त्यो टुल कस्तो किसिमको टुल हो भन्ने कुरा पहिचान गरेर मात्र लगइन गर्नुहोस् ।साथै उक्त टुलको काम सकिसकेपछि अकाउन्टलाई उक्त टुलबाट हटाउनुहोस् । यसो गर्दा तपाईँ अनलाइन नहुँदा पनि अनलाइन देखिने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस