आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेसबुक म्यासेन्जर र इन्स्टाग्राम विश्वभर डाउन

एपी खबर २०८० फागुन २२, मंगलबार (१ महिना अघि) ८३ पाठक संख्या

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए ।

 

 

विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट अपडेट र एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् । टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ । कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् । डाउन डिटेक्टर पनि फेसबुक डाउन भइरहेको उल्लेख गरेको छ । फेसबुक मात्र नभई इन्स्टाग्राम अकाउन्टमा पनि यस्तो समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस