बसुन्धराबाट सुरु भएको प्लस साइज नेपालले आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा सुरुवात गरेको छ ।
काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो ।
सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्जदेखि ६एक्स एलसम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ ।
कम्पनीका अध्यक्ष विष्णु बोहोराले १०० जना भन्दा धेरैलाई रोजगारी दिएर नेपालभर आफ्नो ब्राण्ड फैलाइरहेका छन् । प्लस साइज नेपालले आफ्नै डेलिभरी सेवा गुडविल लजिस्टिक पनि सञ्चालन गर्दै आएको छ । देशका अति दुर्गमबाहेक सहरी क्षेत्रभरी होम डेलिभरी सेवासमेत दिँदै आएको छ ।
करिब ५ वर्षको समयकालमा प्लस साइज नेपाललाई ब्राण्ड बनाउन दिन रातको मिहिनेतले मात्र सम्भव रहेको उनले बताए ।
म्यानपावर व्यवसायी समेत रहेका बोहोराले तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले मलेसियामा प्रतिबन्ध लगाएपछि फुरेको आइडियाले प्लस साइज नेपाल सुरु गरेको बताए । आफ्नो अध्ययनको क्रममा केटि मान्छेलाई प्लस साइजको लुगाको हाइ डिमान्ड र लेस सप्लाई देखिएको कारण उक्त ब्राण्डको सुरुवात गरिएको उनले बताए ।
प्लस साइज नेपालले आफ्नो ब्राण्डको निर्यात समेत सुरुवात गरेको छ । धेरै नभए पनि केही मात्रामा मलेसियामा लुगाहरु निर्यात गरिएको अध्यक्ष बोहोराले बताए । कुनै मिडियाबाजी अथवा पोलिटिकल सर्पोट बिना व्यापार सञ्चालन गरिरहेको उनले टोयटाको फर्चुनर गाडी चलाउने हैसियत बनिसक्दा पनि स्कुटर लिएर आफै डेलिभरी गरेको दिनहरु स्मरण गराए ।
कोभिड १९, लकडाउन, आर्थिक मन्दी, तरलताको अभाव, बैंकको चर्को ब्याजदरका बाबजुद रातदिनको मिहिनेतले व्यापारमा सफलता हासील गरेको उनले बताए । प्लस साइज नेपालमा हाल देशभरीबाट प्रतिदिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन् भने पसलबाटै पनि राम्रो प्रतिक्रियासहितको व्यापार भइरहेको उनी बताउँछन् ।
अनलाइनमा वर्चश्व बढाएको प्लस साइज नेपालले निकट भविष्यमा नै आफ्नै वेवसाइट विकास गर्दै थप सहजताका साथ व्यवसाय अगाडी बढाउने जनाएको छ । नेपालमा पाइने कच्चा पदार्थबाट बन्ने सबै प्रकार कपडाहरु बनाइरहेको प्लस साइज नेपालले केही लुगाहरु भने आयात गर्नु नै पर्ने विडम्बना रहेको अध्यक्ष बोहोरा बताउँछन् ।
यसका साथै प्लस साइज नेपालले लेडिजहरुका लागि वान स्टप सोलुसन भन्दै ब्युटि प्रोडक्टसँगै लुगाको व्यापार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस