आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

AuthorAP Khabar२०८० मंसिर ३, आईतबार (५ महिना अघि) १३८ पाठक संख्या

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए  तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो ।

 

 

यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे/नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।

 

टिकटकलाई बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । रिटमा कानुन व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निर्णय गैरसंवैधानिक रहेको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । यस रिटमा भोलि  प्रारम्भिक सुनुवाइ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस