आज:  २०८१ अषाढ १२, मंगलबार | Tue, 25, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युट्युब मनिटाइज गर्न झनै सजिलो, अब ५०० सब्सक्राइबर‍ भए पुग्ने

एपी खबर २०८० जेष्ठ ३१, बुधबार ( १ साल अघि) २४९ पाठक संख्या

काठमाडौं । साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ । कम्पनीले साना क्रियटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ । कम्पनीले ‘युट्युब पार्टनर प्रोग्राम’ अन्तर्गत च्यानल मनिटाइजेसनका लागि नयाँ नियमहरू लागू गरेको छ । नयाँ नियम अनुसार अब च्यानल मनिटाइजेसनका लागि ५०० सब्सक्राइबर भए पुग्नेछ । यो भन्दा अगाडि मनिटाइजेसनका लागि १००० सब्सक्राइबर अनिवार्य थियो ।

 

यसका साथै च्यानलको वाच आवर (भिडिओ हेरेको समय) पनि ४ हजारबाट घटाएर ३००० बनाइएको छ । साथै शर्टस भ्युजको हकमा पनि एक करोड भ्युजबाट ३० लाखमा झारिएको छ । यसले साना क्रियटरलाई आफ्नो च्यानल मनिटाइज गर्नका लागि सहज हुने कम्पनीको विश्वास छ ।मनिटाइजेसनको नियममा परिवर्तन आए पनि आम्दानी बाँडफाँडको नियम भने उस्तै नै रहेको छ । सुरुवातमा यो नियम अमेरिका, बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस