आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थ्रेड्स एपमाथि मुद्दा हाल्ने एलन मस्कको चेतावनी

एपी खबर २०८० अषाढ २२, शुक्रबार (९ महिना अघि) १९१ पाठक संख्या

काठमाडौं । आफ्ना पूर्व कर्मचारी काममा राखेर ट्वीटर जस्तै एप बनाएको आरोपमा एक्स कर्पोरेसनले मेटा विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।

 

ट्विटरको प्रतिनिधित्व गर्ने वकिल एलेक्स स्पिरोले बुधबार मेटाका सीईओ मार्क जुकरबर्गलाई एउटा पत्र पठाएका थिए । जसमा मेटालाई ट्विटरका पूर्व कर्मचारी काममा राखेर दुरुस्तै ट्वीटर जस्तै एप बनाउन कम्पनीको ‘ट्रेड सिक्रेट’ र निकै संवेदनशील जानकारी चोरेको आरोप लगाइएको छ ।

 

“मेटा प्लेटफर्म ट्विटरको ‘ट्रेड सिक्रेट’ र अन्य बौद्धिक सम्पत्तिको व्यवस्थित, जानाजानी र गैरकानूनी दुरुपयोगमा संलग्न भएकोमा ट्वीटरले गम्भिर चिन्ता व्यक्त गरेको छ,” ट्विटरका वकिलले पठाएको दुई पेज लामो पत्रमा लेखिएको छ ।

 

त्यस्तै थ्रेड्सले ट्वीटरको डेटा चोरी गरेको समेत आरोप लगाइएको छ । त्यसमा पनि विशेषगरी ट्वीटर प्रयोगकर्ताको फलोअरको जानकारी चोरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस