आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका एक जना बिरामीको पेटभित्रबाट रक्सीको सिंगै बोतल

एपी खबर २०७९ फागुन २५, बिहिबार (१ साल अघि) १७५ पाठक संख्या

रौतहट – पेटभित्र पनि रक्सीको सिंगै बोतल पस्न सक्छ भनेर सुन्दा कसैलाई पनि अचम्म लाग्न सक्छ। तर, रौतहटका एक जना बिरामीको पेटभित्रबाट रक्सीको सिंगै बोतल रहेको भेटिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–१० बस्ने २६ वर्षीय नर्साद मन्सुरीको पेटबाट एटएटफोरएट नामक रक्सीको सिंगो बोतल नै शैल्यक्रिया गरेर डाक्टरले निकालेका छन्।

 

आइतबार बिहान नुर्सादको पेट दुखेपछि उनका बुवाले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए। तर, नुर्सादको पेट दुख्न कम नभएपछि सोमबार बिहान चन्द्रपुरमै रहेको चन्द्रपुर अस्पतालमा भर्ना गरियो। भर्ना गरिएपछि डाक्टरले एक्सरे गर्दा पेटभित्र सिंगो रक्सीको बोतल नै भएको पाएपछि थप उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरहरूले अप्रेसन गरेर नुर्सादको पेटबाट रक्सीको सिंगो बोतल निकालेका छन्। बिरामीको अहिले भरतपुर अस्पतालमा आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी उमाशंकर यादवले जानकारी दिए।

 

यादवका अनुसार नर्सादको पेटभित्रबाट डाक्टरले शल्यक्रिया गरेर एटएटफोरएट नामक रक्सीको सिंगो बोतल निकालेका छन्। यद्यपि, बिरामीको पेटमा बोतल कसरी पुग्यो यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

 

केही दिनअघि नर्साद चन्द्रपुर–१० बाल्चनपुरमै रहेको साथी मोहम्द समीरको ग्यारेजमा उनीसँगै बसेर रक्सी खाएका थिए। सोही क्रममा नुर्सादले रक्सीको बोतलमा पिसाब गरेर खुवाएको रिसमा समिरले गत शनिबार नुर्सादलाई बोलाई नशालु पदार्थ खुवाएर उनको मलद्वारभित्रबाट रक्सीको बोतल छिराइदिएका थिए।

 

घटनाको विषयमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। नुर्सादका साथीहरू भने फरार भएको तथा घटनाको सम्बन्धमा नुर्सादको पेटबाट एटएट फोर एटको बोतल निकालिएको डिएसपी यादवको भनाइ छ।

 

उनले अनुसन्धान जारी रहेकाले अहिले नै विस्तृत जानकारी दिन नसकिने बताए। नुर्सादका साथीहरू भने फरार भएको तथा उनको अवस्था अचेत भएकाले अनुसन्धानमा केही ढिलाइ भइरहेको यादवले जानकारी दिए।

 

‘हिजो अचेत अवस्थामा एटएट फोर एटको क्वाटरको पातलो बोतल भन्या छ, अहिले बिरामी एलएस भरतपुर अस्पतालमा उपचारका क्रममा छ,’ उनले भने, ‘साथीहरू फरार छन्, उसको अवस्था अचेत छ, अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस