आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु , १५ जना घाईते

अखिलेश कुमार यादव २०८० भाद्र २६, मंगलबार (८ महिना अघि) १९९ पाठक संख्या

बारा : बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत निजगढ नगरपालिका ८ स्थित धन्सारपूल नजिक मंगलबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सर्लाही जिल्लाको हेमपुर नगरपालिका ४ कविलासीका अन्दाजी ५३ बर्षीय रामएकवाल रायको मृत्यु भएको बाराका प्रहरीका प्रबक्ता एवं डीएसपी दधिराम न्युपानेले जानकारी दिए ।

 

बसमा सबार १५ जना घाइते भएका छन् ।मलंगवा बाट नारायणघाट तर्फ जाँदै गरेको मधेश प्रदेश ०३ -००१ ख ९३९६ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।यता प्रहरीले बसको चालक ,सहचालक,कन्डक्टरलाई नियन्त्रणमा लिएको र घटना बारे ठप्प अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस