आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिदामा सरकारी गाडी दुरुपयोग गर्नेहरू नियन्त्रणमा, कारबाही गर्न ट्राफिकको जिम्मा

AuthorAP Khabar२०८० भाद्र २८, बिहिबार (८ महिना अघि) १२१ पाठक संख्या

धिरेन्द्र तिवारी । बारा : जनमत युवा संघ नेपालले बिदाको दिन चलाएको भन्दै कलैया बाट सरकारी गाडी नियन्त्रणमा लिएको छ। जनमत युवा संघका कार्यकर्ताले सार्वजनिक बिदाका दिन सरकारी गाडी दूरुपयोग गरेको २ वटा बोलेरो गाडी र तिन वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको छ ।

 

नियन्त्रणमा लिइएका सवारीसाधन ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको छ। देशमा बढेको आर्थिक संकट र तरलता कम हुने गरि सार्वजनिक बिदाका दिन सरकारी गाडीहरु जिल्ला प्रशासन कार्यालयको पास नलिए बिनाकामले चालाउने कार्यलाई रोक्नका लागि अभियान संचालन गरेको जनमत युवा संघका अध्यक्ष बिकास सिंहले बताए ।
नियन्त्रण अभियानको क्रममा प्रदेश -२-०२-००१ झ -०१२६ नम्बरको बलेरो प्रदेश -२-०३-००१ झ -००१७ नम्बरको बलेरो ना- १ ब-३९४५ / ना- १ ब – ३४२३ /ना-१ब- २४८१ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरीलाई बुझाएको छ ।त्यसै अध्यक्ष सिंहले जिल्ला प्रहरी कार्यालय बारालाई यो अभियानलाई निरन्तरता दिन आग्रह गरे ।यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सचेत नागरिकको भुमिका निर्वाह गरेकोमा जनमत युवा संघलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै प्रवक्ता न्यौपानेले यस्ता अभियानलाई जिल्ला प्रहरी कार्यालय बाराले छिटै निरन्तरता दिने समेत बताउनु भयो ।  नेकपा एमाले पार्टीका उपाध्यक्ष तथा सविधानसभाका अध्यक्ष सुबास चन्द्र नेम्वाङ्गको निधनमा बिहिरवार शोक बिदा दिने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस