आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा गणेश भगवानलाई २ क्विन्टल ७१ केजी तौलको लड्डु चढाइने

अखिलेश कुमार यादव २०८० भाद्र ३१, आईतबार (७ महिना अघि) १४१ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा आयोजना हुन लागेको श्रीगणेश चतुर्थी पूजामा यो वर्ष गणेश भगवानलाई २ सय ७१ किलो तौलको एउटै लड्डु चढाइने भएको छ । श्री सिद्धी विनायक पूजा समिति, जीतपुर बाराको आयोजनामा मंगलबार देखि ७ दिनका लागि भव्य पूजाको आयोजना हुन लागेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ७ स्थित गौशालाको फिल्डमा आयोजना हुन लागेको भव्य पूजाको पहिलो दिन मंगलबार शोभायात्रा निकालेर महोत्सवको शुभारम्भ गरिने पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जनकारी गराएको छ ।

 

महोत्सव, मेला, खेल तमाशा, रोटे पिंङ्ग राख्ने र श्री गणेश चतुर्थीको परम्परागत विधिवत पूजा आजा गरिने पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष श्रीराम साह कानुले बताएका छन् । धार्मिक आस्था रहे अनुसार श्री गणेश भगवानलाई चढाईंदै आएको लड्डु महाप्रशाद को आकारमा भने बृद्धि गरिएको आयोजकका अध्यक्ष साहले जानकारी दिए । बिगतको महोत्सवमा बनाईंदै आएको २ सय ६१ किलोको एउटै लड्डुको आकारलाई बृद्धि गर्दै यस वर्षको पूजामा श्री गणेश भगवानलाई चढाउनका लागि २ सय ७१ किलोको एउटै लड्डु बनाउँन लागिएको उनले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।श्री गणेश भगवानको संध्या पूजा पश्चात प्रत्येक दिन ५० किलो लड्डु दर्शनार्थीहरूलाई बितरण गराने र प्रत्येक दिनको संध्यामा भजन किर्तन हुने आयोजकले जनाएको छ ।गणेश भगवानको पूजाको लागि यस बर्ष करिब ६ देखि ७ लाख सम्म खर्च हुने भए पनि अहिले सम्म २ लाख सम्म पैसा मात्र सहयोग प्राप्त भएको हुनाले आयोजन संस्थाका कोषाध्यक्ष मनोहर सोनीले पूजाको लागि आर्थिक सहयोग गर्न स्थानीयहरु संग अपिल गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले गणेश भगवानको पूजाको लागि आफुले आफ्नो व्यक्तिगत तर्फ बाट र वडाको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।बिगत ११ बर्ष देखि जीतपुरमा गणेश भगवानको पूजा धुमधामको साथ् पूजा गरिदैं आएको आयोजकले जनाएको छ ।प्रत्येक बर्ष झैँ यस बर्ष पनि गणेश भगवानको शोभा यात्रा हाती र घोडाले नगर परिक्रमा गरिने भएको छ ।उक्त पत्रकार सम्मेलनमा वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता,पूर्व वडाध्यक्ष रामबाबु गुप्ता,नगरउधोग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष मनोज कुमार गुप्ता, युवा नेता अफताब आलम लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस