आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्पोर्टस् पसलभित्र जुवा खाल ! ठमेलका ७ व्यापारी समातिए

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४१९ पाठक संख्या

काठमाडौं  , पुष १० : क्रिसमस इभमा जुवा खेलिरहेका ७ जना व्यापारी पक्राउ परेका छन् । सञ्चय कोषको भवन अगाडि रहेको स्पोर्टस पसलभित्र जुवा खेल्दै गर्दा उनीहरु समातिएका हुन् ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार सोमबार साँझ गोप्य सूराकीका आधारमा चलाइएको अपरेशनका क्रममा ४ लाख ९६ हजार ७ सय ३५ रुपैयाँसहित उनीहरु पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई टेकुस्थित परिसरको हिरासतमा राखिएको छ । हाल उनीहरुको नाम गोप्य राखिएको छ भने विस्तृत अनुसन्धान थालिएको छ ।

यसैबीच, काठमाडौं प्रहरीले भालुको दुई वटा पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका ४० वर्षीय जगतबहादुर क्षेत्री छन् ।

उनलाई क्षेत्रपार्टीबाट पक्राउ गरिएको डीएसपी बोगटीले बताए । उनलाई पनि परिसरकै हिरासतमा राखिएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस