आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुत्र स्नेहसँगै जनताको काम

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ३५० पाठक संख्या

काठमाडौं  , पौष १९ : खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले सिंहदरबारस्थित प्रांगण्मा छोरालाई न्यानो स्वीटर लगाउँदै गरेको दृष्य देखियो । सामान्य जस्तै देखिएको दृष्य चन्द्रकला क्षेत्रीको क्यामेरामा कैद भएको थियो । तस्बिरले बेला–बेला झल्को दिन्छ की आमाको छोराप्रतिको स्नेह । मन्त्री भएपछि जनताको काममा व्यस्त भइरहनुपर्ने बाध्यता । कहिलेकाहीँ परिवारका सदस्यलाई पनि समय दिनै प¥यो ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा स्कूल बिदामा आफूसँगै गएका छोरा प्रणव दाहाललाई स्वीटर लगाउँदै गरेको तस्बिर सञ्जालमा लोकप्रिय बनेकाे छ । बालबालिकाको चाहना आमाबुवासँग रमाउने पक्कै हुन्छ । सानोमा बढी आमालाई मन पराउँछन् बच्चाहरु भन्दा फरक पर्दैन । मानिसहरुको बढ्दै गएको व्यस्तताले आफ्ना बालबालिकाहरुलाई समय दिन नसकेका समाचार आइरहेका हुन्छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस