आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘किसान खेती छोडेर नाफातिर लागे’

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ३७१ पाठक संख्या

तनहुँ  , पौष १९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेता पौडेलले बिहिबार व्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभा उद्घाटन गर्दै नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि पेशा अपहेलित हुन पुगेको बताउनुभयो ।

‘नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ’ उहाँले भन्नुभयो, ‘धेरै मेहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ । त्यहीकारण कृषकहरु खेती गर्न छोडेर नाफा हुने पेशातिर लागेका छन् ।’ नेता पौडेलले किसान र कांग्रेसको सम्बन्ध आत्मीय रहेको उल्लेख गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस