आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डुङ्गा दुर्घटनामा ९ को मृत्यु

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ३९२ पाठक संख्या

नयाँ दिल्ली  , पौष १९ :  पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्ति मृत्यु हुनुको साथै अन्य एक बेपत्ता रहेको छ । सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको हो ।

प्रान्तीय राजधानी उडिसाको भुबनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाका स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो । बुधबार साँझ ५५ व्यक्ति सवार रहेका सो डुङ्गा हुकितोला द्वीपमा पिकनिक मनाएर फर्किरहेका अवस्थामा महानादी नदीमा एक्कासी दुर्घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

डुङ्गा सवार रहेका ४५ जनालाई जिवीतै उद्धार गरिएको र १० जना भने बेपत्ता रहेका थिए । रातभरी गरिएको खोजीपछि नौ व्यक्तिको शव भेटिएको र एक भने अझै पनि वेपत्ता रहेका बताइएको छ । यस दुर्घटनापछि सो राज्यका मुख्य मन्त्री नवीन पटनायकले यस दुर्घटनामा मारिएका व्यक्तिको परिवारजनलाई ४ लाख भारु र घाइतेलाई निशुल्क उपचारको सुविधा दिइने घोषणा गर्नु भएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस