आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रेशम चौधरीले लिए थारु भाषामा शपथ

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ४०२ पाठक संख्या

काठमाडौं  , पौष १९ :  प्रतिनिधिसभाका निर्वाचित सांसद रेशम चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।उहाँले मातृभाषामा शपथ लिनुभएको हो । उहाँलाई सभामुख कृष्णबहादुर महराले आफ्नो कार्यकक्षमा शपथ गराउनु भएको हो । उहाँ कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले निर्वाचित हुनुभएको थियो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरीलाई डिल्लीबजार सदरखाेरमा राखिएकाे छ । उहाँलाई शपथ ग्रहण लगत्तै पुनः सदरखाेर फर्काइएको छ । उहाँविरुद्ध जिल्ला अदालत कैलालीमा घटनाको मुख्य अभियुक्त भन्दै मुद्धा दायर भएको छ । मुद्धाको किनारा नलाग्दासम्म चौधरीलाई संसद भवनमा प्रवेश गराउन नसकिने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनमतबाट निर्वाचित सांसद चौधरीलाई शपथ ग्रहण गराउनु सरकारको कर्तव्य भएको भन्दै स्वागत गरेको छ । विस्तारै राजनीतिक मुद्धाको किनारा लगाउँदै रिहाइ गर्न समेत राजपाले माग गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस