आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारत पनी तालिवानसँग लड्नुपर्छ : डोनाल्ड ट्रम्प

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) २४३ पाठक संख्या

पौष २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतजस्ता क्षेत्रीय मुुलुकले अफगानिस्तानमा तालिबानसँग लड्नुपर्ने बताएका छन् । समाचारसंस्था एएफपीका अनुसार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति व्यङ्ग्य गर्दै भने, ‘भारत अफगानिस्तानमा पुस्तकालय खोल्न आर्थिक सहयोग गरिरहेको छ र सोचिरहेको छ कि, को आउला र पुस्तकालयको उपयोग गर्ला !’ ट्रम्पले अमेरिकाले अफगानिस्तानलाई दिँदै आएको सहयोगका बारेमा पनि आलोचना गरेका छन् ।

‘केवल उसलाई खुसी पार्नका लागि गरिरहिएको थियो,’ आफ्नो पहिलो क्याबिनेट बैठकपश्चात संवाददाताहरुसँग उनले भने, ‘म तपाईंहरुलाई एउटा उदाहरण दिन सक्छु । तपार्इंहरुलाई थाहै छ मैले भारत र त्यहाँका प्रधानमन्त्रीको साथ पाइरहेको छु, अनि उनी मलाई निरन्तर भनिरहेका छन्– अफगानिस्तानमा मैले एउटा पुस्तकालय बनाएको छु । तपाईंहरुलाई थाहा छ ? अफगानिस्तान साह्रै बाठो छ । मलाई थाहा छैन, त्यहाँ कसले पुस्तकालयको उपयोग गरिरहेको छ !’

ट्रम्पले यस्तो व्यङ्ग्य गरिरहे पनि उनले कुन परियोजनाका बारेमा कुरा गरेका हुन् भन्ने बुझ्न कठिन छ । सेप्टेम्बर ११, २००१ को हमलाको समयलगत्तै अमेरिकाको नेतृत्वको सेनाले तालिबानी शासनलाई उखेलेर फ्याँकेपछि भारतले अफगानिस्तानलाई तीन अर्ब डलर सहयोग गरेको छ ।

राष्ट्रपति ट्रम्पले शान्ति प्रयासमा अमेरिका तथा अन्य मुलुकले गरेको खर्चबीच तुलना पनि गरे । ‘पछिल्लो समय केही मुलुकले शान्ति स्थापनाका निम्ति आफ्ना केही सैनिक पठाएर सहयोग गरेका छन्, तर यसैलाई सबैभन्दा ठूलो साथ मानेका छन्,’ उनले भने, ‘जबकि हामीले अर्बौं–खर्बौं डलरबराबर तिनका सेनाको बदलामा सहयोग दिएका छौँ । त्यस्तो लागतको परिणाम खोज्ने हो भने गाह्रो पर्न जान्छ ।’

उनले अफगानिस्तानसँग लड्नका लागि भारत, पाकिस्तान, रुससहित क्षेत्रीय देश सम्मिलित नभएकोप्रति चिन्ता जाहेर गरेको पनि पीटीआईले उल्लेख गरेको छ । ‘अफगानिस्तानमा रुस किन छैन ? भारत किन छैन ? पाकिस्तान किन छैन ? हामी (अमेरिका) किन छौँ ? जबकि हामी ६हजार मिल टाढा छौँ,’ उनले भने, ‘तर मलाई कुनै आपत्ति छैन । हामी आफ्ना मान्छेहरुलाई मद्दत गर्न चाहन्छौँं । हामी अन्य मुलुकलाई सहयोग गर्न चाहन्छौँ ।’ अफगानिस्तानमा अर्बौं डलर खर्च भइसकेको ट्रम्पले बताए । ‘म चाहन्छु, यो अवस्थामा अब सबैले हामीप्रति उचित व्यवहार गर्नुपर्छ,’ उनले भने ।

– (स्क्रोल डट इन)

प्रतिक्रिया दिनुहोस