आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीको अभिनन्दन बहिष्कार गर्न कांग्रेसको अपिल

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ४७० पाठक संख्या

इलाम  , पौष २० :  नेपाली कांग्रेस इलामले लगानी सम्मलेनमा प्रधानमन्त्री केपी ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ ।

कांग्रेसले १७ बुँदे अपिल जारी गर्दै ओलीलाई असफल र अधिनायकवादी प्रधानमन्त्री भन्दै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न अपिल गरेको हो ।

कांग्रेसले नेकपा सरकार दुई तिहाइको दम्भ र अधिनायकवादी शासनका कारण असफलतातर्फ उन्मुख भइरहेका आरोप लगाउँदै हत्या, हिंसा, बलात्कार, तस्करी र भ्रष्टाचारलाई संस्थागत गरेर जनतामाझ आलोचित भइरहेको बताएको छ ।

इलाम नगरवासीले तिरेको करको दुरुपयोग गर्दै आफ्ना कार्यकर्ता भरणपोषण गर्न नागरिक अभिनन्दन गर्ने निर्णयले नगरवासी र सम्पूर्ण इलामवासीको चेतनाको अवमूल्यन र मानमर्दन गरेको अपिलमा उल्लेख गरिएको छ ।

कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यले कांग्रेसका नेता एवम् कार्यकर्ताहरुलाई ओलीको अभिनन्दन बहिष्कार गर्न आग्रह गरेका छन् ।

समाचार

प्रतिक्रिया दिनुहोस