आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘हामी गफमा थियौँ, ४ जना आए लगातार बलात्कार गरे’

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ५०१ पाठक संख्या

काठमाडौं , पौष २० : आफ्नो साथीसँग घुम्न गएकी छात्रा बलात्कार भएकी छन् । छात्रा ट्युसन पढ्न जाने भन्दै घरबाट बाहिर गएकी थिईन् । तर, उनी ट्युसन नगएर कैलाश डैमका घुम्नका लागि साथीसँग निस्किएको प्रहरीले जनाएको छ । उनी सोही ठाउँको एक जंगलमा केटा साथीसँग घुम्न गएकी थिइन् ।

त्यहाँ व्वाईफ्रेन्ड र उनलाई ४ जना युवाको समुहले कुटपिट गरेका थिए । छात्रालाई लगेर ४ युवाले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडित छात्राको अवस्था गम्भीर रहेको जनाइएको छ । विहारको चन्द्रदीप प्रहरी कार्यालयका प्रहरी प्रमुख मनिस कुमारले घटनाको पुष्टि गर्दै सामुहिक बलात्कारमा संलग्न सबैको पहिचान भइसकेको बताएका छन् । सबैलाई गिरफ्तार गर्न खोजीकार्य जारी रहेको छ ।

सुनसान जंगलमा घुम्दा बलात्कारको सिकारः
प्रहरीलाई बयान दिँदै छात्राले चारजना युवाले आफूलाई बलात्कार गरेको बताएकी छन् । जंगल सुनसान अवस्थामा थियो । त्यहाँ बसिरहेकै बेला चारजना युवाको समुह आयो र आफूलाई कुटपिट गरेको छात्राको बयानमा उल्लेख छ । छात्रालाई बन्धक बनाएर लगातार बलात्कार गरिएको थियो ।

छात्राको हालत नाजुक
प्रहरीका अनुसार छात्राका व्वाईफ्रेन्ड त्यहाँबाट भागेर आएपछि गाउँमा पुगे त्यसपछि गाउँले र प्रहरीलाई खबर भएको थियो । छात्रा घटनास्थलमा गम्भीर अवस्थामा थिइन् । आरोपी चारजना फरार भइसकेका थिए । प्रहरीले छात्रालाई तत्कालै उपचारका लागि अस्पताल पठाएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस