आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२० हजार बिल आएपछि ग्राहकको भागदौड

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) २८२ पाठक संख्या

काठमाडौं , पौष २० : एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । एक होटेलका मालिकले उक्त भिडियोलाई फेसबुकमा सेयर गरेका छन् । भिडियोमा होटेलमा बसेर खाइरहेका ग्राहकहरुको बिल २० हजार भएपछि भागेको भन्ने देखाइएको छ । होटेल मालिकले सीसी फुटेज सेयर गरेर भनेका छन्– ‘यी मानिस बिल तिर्न बिर्सिएका हुन सक्छन्, यिनीहरुलाई प्रहरीले खोजिरहेको छ ।’

यो घटना इग्ल्याण्डको डेवनमा भएको हो । जहाँ पाइपर हाउस नामको रेस्टुरामा ६ जना ग्राहक आएका थिए । यी ग्राहकहरु खाइसकेपछि पडाडिको ढोकाबाट भागेका हुन् । सामाजिक सञ्जालमा ती मानिसबारे विभिन्न टिप्पणी भएका छन् । तीन महिला र तीन पुरुषले मदिरा समेत सेवन गरेका थिए । भागेर गएपछि तिनिहरुको रात सुखसँग बित्यो होला भन्दै होटेल मालिक राब ब्रैडिकले व्यङ्ग्य गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस