आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सलमानले पर्दा पछाडि नै धेरै चुम्बन गर्छन्ः अरबाज खान

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ५२२ पाठक संख्या

पौष २० : बलिउड स्टार सलमान खानले आफ्नो चलचित्र करिअरमा धेरै नायिकाहरुसँग रोमान्स गरे । तर उनले चलचित्रको पर्दामा ‘चुम्बनको’ दृश्य दिएका छैनन् । सलमान आफूले चलचित्रमा किस सिन नदिने दाबी गर्दै आएका छन् । केही वर्ष पहिले सलमानले भनेका थिए–‘पर्दामा चुम्बन गर्नेहरु देख्दा अजिब लाग्छ ।’

सलमानले अनस्क्रिन किस नगर्नुको कारण उनका भाइले खुलाइदिएका छन् । कपिल शर्माको शोको नयाँ भागमा पाहुना बनेर सलमान, सलमानका पिता सलिम खान, भाइहरु अरबाज खान र सोहिल खान उक्त शोमा पुगेका थिए । त्यहाँ कपिलले सलमानलाई प्रश्न गरेका थिए,–तपाई चलचित्रको पर्दामा किन चुम्बन गर्नुहुन्न ?’ त्यसमा सलमानले बोल्न नपाउँदै सलमानका भाई अरबाज खानले उत्तर दिन्छन्–‘उहाँले अफस्क्रिन यति धेरै किस गर्नुहुन्छ कि अनस्क्रिन किस गर्नै पर्दैन ।’

कपिल शर्माका शो भोली शनिबार बेलुकी प्रशारण हुँदैछ । सलमान खान र उनको परिवार सहभागी भएको शो सार्वजनिक हुनुभन्दा अगाडि सोनी टीभीले यसको सानो अंश सार्वजनिक गरेको हो ।
यो शोको निर्माता समेत नायक सलमान खान नै हुन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस