आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘ए’ डिभिजन लिगः अन्तिम चरणका खेल आजदेखि

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४३७ पाठक संख्या

काठमाडौं  ,पौष २१ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरु आजदेखि शुरु हुँदैछन् ।

शनिबार पहिलो खेल बिहान ११ बजे जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । आजको दोस्रो खेल दिउँसाे साढे २ बजे सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुबै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुँदैछन् ।

आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ–मर्स्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ । पुस २३ गते सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब तथा संकटा र एपीएफबीच खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा हुनेछन् ।

पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्रीस्टारबीच खेल हुनेछ । उक्त खेलसँगै लिगका सबै खेल सकिनेछन् । सोही दिन लिगको समापन समारोह हुनेछ ।

लिगको १२औं चरणका खेल सकिँदासम्म मनाङ–मर्स्याङ्दी विजेता र संकटा उपविजेता भइसकेका छन् । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैठौँले पाँच लाख पाउनेछन् भने फेयर प्ले टिमले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार पुरस्कार दिनेछ ।

समाचार

प्रतिक्रिया दिनुहोस