आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिममा एक घण्टाको खर्च, सुने चकित पर्नुहुन्छ !

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ३१८ पाठक संख्या

काठमाडाैं  ,पौष २१ : कोही सेलिब्रेटीहरु आफ्नो कपडाका लागि तमामौं खर्च गर्छन् त कोही लाईफस्टाइलका लागि । कोही यस्ता पनि छन् जो आफ्नो शारीरिक सुगठन (फिटनेस) का लागि पानीजस्तै बगाउँछन् पैसा । यस्तैमा एक हुन् चर्चित गायिका तथा अभिनेतृ सेलेना गोमेज ।

यदि तपाई यिनको शरिरदेखि मोहित हुनुहुन्छ र यस्तै फिटनेस चाहनुहुन्छ भने त्यो डिल निकै महँगो हुनसक्छ ।

सेलेना आफ्नो वर्कआउट रुटिनदेखि निकै सतर्क रहन्छिन् । उनले जिममा आफ्नो व्यक्तिगत तालिमकर्ता राखेकी छिन् जसलाई उनी एक घण्टाको जति पारिश्रमिक दिन्छिन् त्यो कसैका लागि एक महिनाको तलबभन्दा बढी हुनसक्छ ।

त्यो पारिश्रमिक कति होला ? जोडघटाउमा लाग्नुभयो भने तपाई फस्नुहुनेछ र चकित हुनुुहुनेछ । किनकि उनी एक घण्टाको मात्र ३०० डलर तिर्छिन् जो नेपाली रुपैयाँ करिब ३० हजार हुन आउँछ । अब तपाई आफै भन्न सक्नुहुन्छ कि सेलेनाको जिम तपाईका लागि कति महँगो छ ?

फिटनेसको संसारमा दौडेकी सेलेना पछिल्लो समय खराब स्वास्थ्यका कारण चर्चामा छिन् । उनले ल्यूपस तथा किड्नी प्रत्यारोपण गरेकी छिन् । स्वास्थ्य उपचारपछि सेलेना गएको महिना घर फर्किएकी छिन् ।

समाचार

प्रतिक्रिया दिनुहोस