आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी खानेकुरा, जसले चिसोबाट जोगाउँछन्

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४९३ पाठक संख्या

काठमाडौंपौष २१ :  चिसोले गर्दा यस सिजनमा धेरैलाई विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गर्छ। यसले गर्दा लगाउने कपडादेखि खानेकुरासम्म हामीले यो मौसममा ख्याल गर्नुपर्ने हुन्छ।

चिसोबाट बच्नका लागि शरीरलाई प्रोटिन तथा विभिन्न खालका भिटामिनहरूको आवश्यक पर्छ, जसले गर्दा हामीले यस मौसममा खानेकुरालाई विशेष महत्त्व हुन्छ। धेरैले चिसोको कारण फलफूल खाने बानी हुँदैन तर केही त्यस्ता खानेकुरा र फलफूल छन्, जसलाई चिसोमा नियमित खाने गर्नाले चिसोबाट बच्न सकिन्छ। फलफूलमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट हुने भएकाले चिसो मौसममा त्यस्ता केही फलफूलले  चिसोबाट बच्न सहयोग गर्छन्।

सुन्तला, अमला तथा अनार सुन्तला, अमला तथा अनार जस्ता फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ, जसले रगत सफा गर्नुका साथै टन्सिल जस्ता समस्याबाट जोगाउन सहयोग गर्छन्। दूध तथा अण्डा अण्डा तथा दूध र दूधजन्य प्रदार्थमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। यसले गर्दा चिसो मौसममा शरीरलाई चिसोबाट बच्न सहयोग गर्छ।

यस्तै, दूध तथा अण्डामा प्रचुर मात्रामा क्याल्सियम हुने हुँदा हड्डीसमेत बलियो बनाउन सहयोग गर्छ। प्रोटिनले शरीरमा तापक्रम बढाउनुका अलावा छाला फुस्रो हुनबाट पनि जोगाउँछ। बिहान उठेर अण्डा वा दूध खानु राम्रो मानिन्छ तर अण्डा र दूध एकै पटक खानु शरीरका लागि ‘विषसरह’ हुन्छ।

गाँजर गाँजरमा भिटामिनका साथै शरीरमा रोगसँग लड्न सक्ने  एन्टिअक्सिडेन्ट तत्त्व हुने हुँदा गाँजरको सेवनले छालालाई फुस्रो हुन तथा चाउरिनबाट जोगाउने गर्छ भने भिटामिनले चिसोबाट लाग्न सक्ने रुघा, खोकी, टन्सिल जस्ता संक्रमणबाट जोगाउँछ। त्यसैले यो मौसममा गाँजर खानु राम्रो मानिन्छ। सागसब्जी खानामा सागको मात्रा पनि जरुरी छ। यसबाट पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्छ। शरीरमा विभिन्न खालका भिटामिन तथा आइरनहरूको परिपूर्ति हुने हुँदा यस्ता सागसब्जीले छालालाई खस्रो हुनबाट जोगाउँछ।

विभिन्न खालका मसलाहरू गर्मी मौसममा भन्दा चिसो मौसममा शरीरलाई ख्याल गर्नुपर्छ। चिसो खानेकुरा भन्दा शरीरलाई न्यानो बनाउने खानेकुरा यो मौसममा खानु राम्रो हुन्छ। केही त्यस्ता मसलाहरू छन्, जो नियमित रूपमा खाने गर्नाले जाडो मौसममा शरीरका लागि फाइदाजनक हुन्छ। विशेषत: लसुन, अदुवा, दालचिनी, मरिच, टिम्मुर, मेथी, तिल खानु राम्रो हुन्छ। अदुवामा जिन्जेरोल्स तत्त्व हुने भएकाले यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गराउँछ। यस्तै, मेथीमा पोटासियम र आइरन हुन्छ, जसले मुटुरोगीलाई राम्रो गर्छ।

यस्तै, चिसो मौसममा नियमित रूपमा बदाम खानु पनि राम्रो हुन्छ। बदाममा प्रशस्त मात्रामा चिल्लो, प्रोटिन तथा विविध प्रकारका भिटामिन पाइन्छ। यसले शरीरमा कोलेस्ट्रोल बढ्न दिँदैन। खानाका अलावा जाडो सिजनमा व्यायाम पनि उत्तिकै जरुरी छ। यदि व्यायाममा कमी भएमा रगतको संचालन हुँदैन, जसले  गर्दा उच्च रक्तचाप तथा हर्ट एट्याक, जस्ता समस्या पनि व्यहोर्नुपर्ने हुन सक्छ।

 

प्रतिक्रिया दिनुहोस