आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कप्तान सार्वजनिक

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) १४६५ पाठक संख्या

काठमाडौं ,पौष २१ :  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको आत्म संस्मरण पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक गरिएको छ । शुत्रलवार प्रज्ञा प्रतिष्ठान डबलीमा पुस्तक कप्तान बिमोचन गरिएको हो । क्रियटिभ बुक्सबाट प्रकाशित पुस्तक नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रावाल, विनोद दास, उत्तम कर्माचार्य र पुस्तकका लेखक एलबी क्षेत्रीे लगाययतले सार्वजनिक गरेका हुन् ।

विमोचन कार्यक्रममा वोल्दै पुस्तकका लेखक क्षेत्रीले आफ्नो जिवनका चूनौती र खेल जिवनमा देखेका, भोगेका कुराहरु समेट्ने कोशिष गरेको बताए । पूर्वकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानको भूमिका निर्वाह गरेका थिए ।


नेपाली क्रिकेटको बारेमा आधिकारीक रुपमा प्रकाशित यो पहिलो पुस्तक हो । खेल क्षेत्रमा भविष्य खोज्दै गरेका पूस्ताका लागी उत्प्रेरणा बन्नसक्छ एलबी क्षेत्रीको ‘कप्तान १९९८’ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस