आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गीत गाउन रुचि गर्थेनन् स्वरसम्राट

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं ,पौष २१ :  ‘शीर्षक’ पढ्नेबित्तिकै जो कसैलाई लाग्नसक्छ कि, यस्तो होला र ? तर यथार्थ उस्तै रहस्यमय अनि सत्य नजिक छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानसँग स्वरसम्राटबारे जिज्ञासा राखेको थियौँ । भन्नुभएको थियो, ‘कलाकारिताको शुरुवाती दिनमा प्रेमध्वज प्रधान, नारायण गोपाललगायतका कलाकार सँगै गायन अभ्यास गर्नुहुन्थ्यो । प्रेमध्वजले गाउँदा नारायण गोपाल तबला बजाउनु हुन्थ्यो । संगतक्रममा नारायण गोपालले मिठो गीत गाउनुहुन्छ भन्ने थाहा भयो तर उहाँ गाउन उतिसारो रुचि गर्नु हुन्थेन ।

प्रधानलागायतका कलाकार साथीहरुले नारायण गोपाललाई रेडियो नेपालले गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा पठाउने योजनाअनुरुप सल्लाह गर्नुभयो । नारायण गोपालसँग सल्लाह गर्दा शुरुमा उहाँले खासै रुची देखाउनु भएन । तर, सबै साथीहरुले तपाईंले औधी मीठो गाउनुहुन्छ, तपाईंले धेरै राम्रो गर्न सक्नुहुन्छ भन्दै विश्वस्त गराएपछि प्रतियोगितामा भाग लिन तयार हुनुभयो ।

तर, प्रतियोगिताकै दिन बिहान नारायण गोपालले एक्कासी ‘भाग लिन्न’ भनेपछि प्रधानलगायतका साथीहरु छाँगाबाट खसेजस्तै हुनुभयो । निकै छोटो समय बाँकी रहेकाले फेरि पनि सबै साथीहरुले धेरैबेर सम्झाए । नारायण गोपाललाई लिएर प्रधान रेडियो नेपाल पुग्नुभयो । जब नारायण गोपालले प्रस्तुति दिनुभयो । उपस्थित सबै मन्त्रमुग्ध बने । हुन त भविष्यमा स्वरसम्राट घोषणा हुने व्यक्तित्वको गलाले गाएको गीत सुमधुर नुहुने कुरै भएन ।

अन्ततः अरुको करकापले गायन प्रतियोगी बनेका एक तबलावादक राष्ट्रव्यापी गायन प्रतियोगितामै प्रथम श्रेणीमा समेटिन सफल भए । प्रेमध्वज प्रधानलगायतका कलाकारको जबर्जस्त प्रोत्साहन नगरेको भए नेपाली संगीत फाँटमा नारायण गोपालको उपस्थिति स्वर सम्राटका रुपमा नहुन पनि सक्थ्यो । उनी तबलावादकमै सीमित हुन सक्थे । हामीले स्वरसम्राट भनेर सम्मान गर्ने एक अद्भुत प्रतिभाको उदय करकापमै भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस