आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जहाँ ३ कक्षा पास गरे दिइन्छ वार्षिक ३६ हजार भत्ता

AuthorAP Khabar२०७५ पौष २२, आईतबार (५ साल अघि) ३१० पाठक संख्या

पर्वत , पौष २२ : कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ ।

कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो ।  गत वर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस