आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राउटेलाई नयाँ कोट

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४८२ पाठक संख्या

सुर्खेत , पौष २३ : आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालक देखि बृद्ध सम्मका पुरुषहरुलाई लगाएका थिए । राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगत राउटे बस्तीमा सहभोज पनि गरीएको छ । सुर्खेतको लेकबेसी नगरपालिका वडा नं १ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे बस्तीमा सहभोज गरीएको हो ।

प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायको सामाजिकीकरण अभियानकै क्रममा सहभोजको आयोजना गरिएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सहभोजमा राउटे र ग्रैहराउटेहरु सहभागि भए ।

माघीको चटारोमा रहेका फिरन्ते जाति राउटे समुदायका नागरिकको सिप र संस्कृति संरक्षण सहितको सामाजिकीकरण गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभियान थालेको हो । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस