आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘बुलबुल’को टिजर बाढी

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं , पौष २३ :  अवेकन प्रोडक्सनको ब्यानरमा निर्मित स्वस्तिमा खड्का अभिनीत चलचित्र बुलबुलले प्रमोसनको नयाँ तरिका अपनाएको छ । चलचित्रको पहिलो गीत ‘खुद्रा खाद्री माया’ फ्ल्यासमोब शैलीमा देशका एकै पटक मुख्य शहरहरुमा सार्वजनिक गरेर चर्चा कमायो । त्यसपछि निर्माण टिमले ४५ सेकेन्डको पहिलो टिजर सार्वजनिक गरे लगत्तै हरेक हप्ता दोस्रो र तेस्रो टिजर सार्वजनिक गरेको छ ।

सार्वजनिक टिजरहरुमा स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा देखिएसँगै उनको बोल्ने अनौठो लबज पनि चर्चाको मसला बनेको छ । चलचित्रका अर्का कलाकार मुकुन भुषालको पश्चिमेली लबज र लुक्ससमेत दर्शकले निकै रुचाइरहेका छन् । आइतबार सार्वजनिक तेस्रो टिजरमा नायिका स्वस्तिमा खड्काले ‘बुलबुल’की पात्र रनकला खत्रीसँग रोचक वार्ता गरेकी छिन् । चलचित्र बुलबुलको ट्रेलर आगामी माघ १ गते सार्वजनिक हुँदैछ ।

विनोद पौडेलको निर्देशन रहेको चलचित्र ‘बुलबुल’लाई अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषालका अलावा बुद्घि तामाङ, जोयस पाण्डे, लक्ष्मी बर्देवा, उज्वल अधिकारी, दीपक क्षेत्री, एलिना कार्कीको अभिनय छ । चलचित्र फागुन ३ गते अल नेपाल रिलिज हुँदैछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस