आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दीगम्बर झाको राजीनामा स्वीकृत, खनाल निमित्त

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ४१२ पाठक संख्या

काठमाडौं  , पौष २६ :   सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाको राजीनामा स्वीकृत गरेको छ । झाले गत साता पदबाट राजीनामा दिनुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा. विजयकुमार पौडेल र हिमाल शर्मा लगायतका ४३ नेताले झाको बर्खास्ती माग गर्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समक्ष ज्ञापन पत्र बुझाएपछि उहाँले राजीनामा दिनु भएको हाे।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहिबार आयोजित पत्रकर सम्मेलनमा झाको राजीनामा स्वीकृत भएको जानकारी गराउनु भयो ।

झाको राजीनामा स्वीकृत स्वीकृतिसँगै सरकारले प्राधिकरणमा पुरुषोत्तम खनाललाई निमित्त बनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस