काठमाडौं , पुष २७ : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्त श्रीमान् यज्ञराजबाटै कुटिएकी छिन् । डिएनए परीक्षणका लागि प्रहरीलाई रगत दिएको र सरकारी राहत लिन खोजेको भन्दै श्रीमान्ले कुटेको दुर्गाले बताइन् ।
‘ म भान्समा भात पकाइरहेकी थिएँ। उनी एक्कासि आएर मेरो घाँटी च्यापे ।’ नसोधी रगत दिने ? राहत बुझ्न खोज्ने भन्दै कुटपिट गरे,’दुर्गाले भनिन्, ‘घटना हुँदा दुवै छोरी स्कुल गएका थिए । भान्सामै लछारपछार गरेपछि म ज्यान जोगाउन उम्किएर बाहिर निस्किएँ । ’
निर्मलाको शवबाट निकालिएको भनिएको नमुना उनकै हो कि होइन यकिन गर्न दुर्गाले प्रहरीमा आफै निवेदन दिएकी थिइन् । बाबु–आमाको रगत परीक्षण गरेपछि नमुना निर्मलाको हो कि होइन भनेर प्रस्ट हुनेछ । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस