आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाइक पारखीलाई खुसीको खबर, आयो यस्तो बाइक

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ३७७ पाठक संख्या

काठमाडौं , पौष २९ :  नेपाली बजारमा पेरुको मोटरसाइकल कम्पनी कायोको डर्ट तथा मोटार्ड बाइक भित्रिएको छ । सो बाइकको मूल्य ७ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

विशेष गरी अफरोड राइडिङका लागि उपयुक्त सो बाइक एड्भेन्चर मन पराउनेहरुका लागि उपयुक्त छ । २५० सीसीको सो बाइकमा ईएफआई फोर भल्व बिग बोर वाटर कुल्ड इन्जिन छ । कायोकै फ्रेम रहेको सो बाइकमा ६–स्पिड गियरबक्स उपलब्ध छ । त्यसैगरी अपसाइड डाउन फ्याक्ट्री फोर्क्स छ ।

दुवै पांग्रामा ओभरसाइज्ड डिस्क ब्रेक रहेको सो बाइकको सिट हाइट ९५५ एमएम छ । बाइकमा ५२० एचडी चेन, एचडी स्विङग्राम, बल बेरिङ स्विङग्राम, सफ्ट रबर ग्रिप आदि फिचर उपलब्ध छ ।

नेपाली बजारमा बीएसई इन्टरनेसनलले सो बाइक भित्र्याएको हो । गत शनिबार त्रिशुली रिभरसाइड रिसोर्टमा आयोजित बाइकर्स नाइट आउटमा सो बाइक लन्च गरिएको थियो । यसको पुरानो मोडल भने पहिले देखि नै नेपाली बजारमा उपलब्ध थियो ।

-नेपाल अटाे

प्रतिक्रिया दिनुहोस