आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्रीको कुटाइले सचिव झाको मुख सुन्नियोः अस्पताल भर्ना

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ५३४ पाठक संख्या

काठमाडौं , पौष ३० : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवबाट कुटिएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना हुनुभएको छ ।

उहाँ उपचारका लागि गएराति देखि जनकपुरस्थित केयर नर्सिङ होममा भर्न हुनुभएको हो । सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपिट गरेको झाको आरोप छ । कुटपिटबाट घाइते भएकाले अस्पताल भर्ना गरिएको झाको परिवारले जनाएको छ ।

झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाले बताएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस