आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनशनरत थापाको स्वास्थ्यमा समस्याः केसी अस्पताल भर्ना

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ३५४ पाठक संख्या

इलाम , पौष ३० : संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकलाई हुबुहु संसदबाट पारित हुनुपर्ने माग राख्दै अनशनरत विजय थापाको स्वास्थ्य प्रतिकुल बन्दै गएको छ ।

इलामको चोक बजारमा अनशनमा रहनुभएका थापाको स्वास्थ्यमा खराबी आएको उहाँका सहयोगीले बताएका छन् । अनशन शुरु गरेको चौथो दिनमा उहाँको छाती दुख्ने, सास फेर्न गाह्रो हुने समस्या देखिएको छ । चिसोका कारण स्वास्थ्यमा समस्या भएको भन्दै चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएपनि थापा अस्पताल जान मान्नुभएको छैन ।

यता माथेमा आयोगको सुझावका आधारमा तयार प्रतिवेदन हुबहु पारित गरिनुपर्ने माग राख्दै इलाममै अनशन बस्नु भएका डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । उहाँको पनि छातीमा संक्रमण देखिएको छ । केसीको १६ औँ सत्याग्रहको आज छैठौँ दिन हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस