आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डा. गुलाटी काे नामले चर्चित सुनील ग्रोवर छिट्टै कपिल शर्माको शोमा फर्कँदै

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ३२९ पाठक संख्या

माघ ११ : भारतीय चर्चित कमेडियन कपिल शर्मा र सुनील ग्रोबरबीचको फाटेको सम्बन्धमा अहिले आएर केही सुधार भएको छ । केही समयअघि मात्रै सुनीलले कपिल शर्मालाई विवाहको शुभकामना दिएका थिए । अहिले फेरि कपिल शर्माले उनकी आमाको जन्मदिनको अवसरमा फोटो पोष्ट गर्दै शुभकामना दिएका थिए । उक्त पोष्टमा सुनील ग्रोवरले पनि कपिलकी आमालाई जन्मदिनको शुभकामना दिएका छन् ।

सुनील ग्रोवरले कपिलको ट्वीटमा गरेको कमेन्टका कारण सुनीलले कपिलसँगको मित्रताको लागि अघि बढिरहेको खबरहरु सार्वजनिक भएका छन् । साथै अब छिट्टै नै कपिलको शोमा सुनील ग्रोवर गुत्थीको रुपमा फर्किन सक्ने बताइएको छ ।

यस खबरले कपिल र सुनिलका फ्यानहरु पनि यो जोडीलाई एकसाथ देख्न पाउने भएकाले खुशी भएका छन् । कपिल शर्मा र सुनील ग्रोवरबीच सन् २०१७ मा अष्टे«ेलियाको टुरबाट फर्कने क्रममा झगडा भएको थियो । त्यो झगडा पछि सुनीलले कपिलको शो छोडेका थिए ।

कपिल र सुनील छुट्टिएपछि यी दुवैका नजिकका साथीहरुले दुवैलाई मिलाउन धेरै प्रयास पनि गरेका थिए तर त्यो सफल हुन सकेन । बलिउडका दबंग सलमान खान स्वयंले पनि यी दुईबीचको विवाद सुल्झाउन कोशिश गरेका थिए ।

अहिले सुनील ग्रोवर स्वयंले कपिल शर्माप्रति देखाएको व्यवहारले अब उनी कपिलको शो मा आउने तयारी गरिरहेको बताइएको छ ।

कपिल शर्माले उनको चर्चित शो भर्खरै सुरु गरेका छन् । यस शो को निर्माण स्वयं सलमान खानले गरिरहेका छन् । ‘द कपिल शर्मा शो’ को पहिलो एपिसोड देखिनै दर्शकले निकै रुचाइरहेका छन् भने टिआरपी रेटिङमा पनि यो शो अग्रस्थानमा छ ।

सुनील ग्रोवरको टेलिभिजन शो ‘कानपुरवाले खुराना’ पनि बन्द हुने क्रममा छ । एक अन्तरवार्तामा सुनीलले यो शो को १६ वटा एपिसोड लागि मात्रै छायांकन गरिएको र समय अभावका कारण बन्द भइरहेको बताएका थिए ।

साथै उनी सलमान खानसँग फिल्म ‘भारत’को छायांकनमा व्यस्त भएका कारण शो छोडिरहेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस